Monday, June 1, 2026
Homeमुख्य समाचारमहन्थ समूहमा पहिरो, पूर्व मन्त्री राजकिशोर र रेनुका उपेन्द्रको यादवको पक्षमा

महन्थ समूहमा पहिरो, पूर्व मन्त्री राजकिशोर र रेनुका उपेन्द्रको यादवको पक्षमा

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव  र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् । जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए ।

पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने भएका छन् ।

उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गई ओली सरकारको राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा फर्किएकी छिन् । त्यस्तै उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुरकै पक्षमा लागेका अर्का सांसद रुही नाज पनि पुनः उपेन्द्र यादवको पक्षमा लागेकी छिन् । तीन जनाको गुट परिवर्तनसँगै अब यादवको पक्षमा प्रतिनिधिसभाका १८ सांसद पुगेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका