Saturday, November 7, 2026
Homeसामाचारमर्मतका लागि कान्ति राजमार्ग आजदेखि २ महिनासम्म दिनभर बन्द

मर्मतका लागि कान्ति राजमार्ग आजदेखि २ महिनासम्म दिनभर बन्द

काठमाडौं । आवश्यक मर्मत तथा विस्तार कार्यका लागि आजदेखि कान्ति राजमार्ग दुई महिनासम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार राजमार्गका विभिन्न खण्डमा सडक विस्तारको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन रोक्ने व्यवस्था गरिएको छ।

कान्ति राजमार्ग सडक योजनाले मर्मत र विस्तार कार्य प्रभावकारी रूपमा अघि बढाउन उक्त अवधिमा सवारी साधन पूर्ण रूपमा बन्द गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका