Saturday, June 6, 2026
Homeमुख्य समाचारमन्त्री छान्न एकीकृत समाजवादीले बोलायो बैठक

मन्त्री छान्न एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दैछन् ।

जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् । पुर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका