Monday, August 24, 2026
Homeसामाचारमधेशका आठवटै जिल्लाका प्रहरी कार्यालयलाई १२ वटा पिकअप भ्यान हस्तान्तरण

मधेशका आठवटै जिल्लाका प्रहरी कार्यालयलाई १२ वटा पिकअप भ्यान हस्तान्तरण

जनकपुर । मधेश प्रदेश सरकारअन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ ।

मन्त्रालयले आठवटै जिल्ला प्रहरी कार्यालयलाई एक/एक वटा तथा सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयलाई थप एक/एक वटा गरी जम्मा १२ वटा पिकअप भ्यान हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका पिकअप भ्यानमा अपर इमर्जेन्सी लाइट, साइरन, सेफ्टी बक्स किट, टुलबक्स तथा ट्राफिक लाइट हाइलाइटर स्टिकलगायतका सामग्रीसमेत जडान गरिएको छ ।

प्रदेश सरकारले प्रत्येक वर्ष सुरक्षा निकायका लागि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष एउटा पिकअप भ्यानका लागि ३९ लाख ५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार केही दिनपछि मन्त्रालयकै तर्फबाट प्रदेशभरिका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई थप ७० वटा मोटरसाइकल हस्तान्तरण गरिनेछ ।

मन्त्री महतोले प्रदेश सरकार सुरक्षा निकायलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सधैँ सकारात्मक रहेको बताए । उनले सुरक्षा निकायलाई जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

उनले आठवटै जिल्लाका प्रहरी प्रमुखलाई मन्त्रालयसँग समन्वय गरेर काम गर्न आग्रह गर्दै स्रोतसाधन तथा अन्य भौतिक वा आर्थिक सहयोग आवश्यक परे मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिए ।

सुरक्षा व्यवस्थापनका लागि आफू र मन्त्रालय २४ घण्टा उपलब्ध रहने प्रतिबद्धता पनि मन्त्री महतोले व्यक्त गरे ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका