Sunday, May 17, 2026
Homeराजनीतिमदन–आश्रितको योगदान आज पनि राजनीतिक यात्राको दीपस्तम्भ : केपी शर्मा ओली

मदन–आश्रितको योगदान आज पनि राजनीतिक यात्राको दीपस्तम्भ : केपी शर्मा ओली

काठमाडौं । केपी शर्मा ओली ले ३३ वर्षअघि दासढुङ्गामा भएको रहस्यमय घटनामा जननेता मदनकुमार भण्डारीजीवराज आश्रित लाई गुमाउनुपरेको स्मरण गरेका छन्।

मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले समय बित्दै जाँदा पीडाका स्मृतिहरू अझ गाढा बन्दै गएको बताएका हुन्।

उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रित कुशल सङ्गठक भएको स्मरण गरे।

ओलीले मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने ‘जनताको बहुदलीय जनवाद’ का प्रमुख अगुवा रहेको बताए।

उनले उक्त विचारधाराले आन्दोलनलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र जनताको जीवनमा परिवर्तन ल्याउने मार्गचित्र दिएको उल्लेख गरे।

“जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपना जनताको जीवनसँग जोड्ने मार्ग देखायो,” ओलीले उल्लेख गरेका छन्।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमार्फत त्यस विचारलाई व्यवहारमा उतार्ने प्रयास गरिएको पनि बताएका छन्।

पछिल्लो दशकमा मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन देखिन थालेको दाबी गर्दै ओलीले मदन–आश्रितलगायत आन्दोलनका अग्रजहरूको विचार आज पनि राजनीतिक यात्राको प्रेरणा बनेको बताए।

उनले जनताको बहुदलीय जनवाद कुनै अस्थायी लोकप्रियताको माध्यम नभई यथार्थमा आधारित दीर्घकालीन राजनीतिक विचार भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका