भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन अतन्त चहलपहल ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे हुनेछ । यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरुको आउने क्रम जारी छ । सम्मेलनको सुरक्षाका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कांग्रेसले कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै महाधिवेशनमा काठमाडौं उपत्यका बाहिरका मानिसहरूलाई नल्याउने निर्णय गरेको छ । त्यसैगरी कांग्रेसले उद्घाटनअघि र्याली नगर्ने बताएको छ ।
सम्मेलन स्थलमा मास्क अनिवार्य गरिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सेवामा विशेष ध्यान दिइने जानकारी दिए ।


