Friday, April 17, 2026
Homeअन्तराष्ट्रियभारतमा ३८ जनालाई फाँसी ?

भारतमा ३८ जनालाई फाँसी ?

६ फागुन, काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।  आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।

यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका