Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Wednesday, May 13, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारभक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

Himalayan Tribune
By Himalayan Tribune
June 21, 2024
0
131
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको सख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ”, उहाँले भन्नुभयो, “विमानस्थल पूर्वाधारको सेवा विस्तार भइरहेका छन् ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ । यसको बहुआयामिक महत्व पनि छ ।” पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताउनुभयो ।
    उहाँले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रुपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
    महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताउनुभयो । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उहाँको भनाइ छ । हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न सकिन्छ ।
    आज हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत नलिञ्चोक आउनुभएको थियो । करिब रु ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026
      सामाचार

      स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

      May 13, 2026
      सामाचार

      पश्चिमी प्रणाली सक्रिय: आज पनि देशभर वर्षा, हिमपात र चट्याङको सम्भावना

      May 13, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026

      स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

      May 13, 2026

      मध्यपूर्व शान्तिका लागि चीनको प्रस्तावलाई इरानको समर्थन

      May 13, 2026

      रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

      May 13, 2026

      आजको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ नजिक, युरो र पाउण्ड पनि महँगिए

      May 13, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune