Wednesday, April 22, 2026
Homeअपराध र घटनाब्लुबुक किर्ते गरेको आरोपमा कमलबावु भट्ट पक्राउ, फर्जी सर्टिफिकेट बरामद

ब्लुबुक किर्ते गरेको आरोपमा कमलबावु भट्ट पक्राउ, फर्जी सर्टिफिकेट बरामद

गाडीको ब्लुबुक किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको शान्तिनगरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जी ब्लुबुक र सर्टिफिकेट बरामद गरेको छ । भट्टबारे अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

भट्ट वीरगञ्जको जग्गा किर्ते मुद्दामा पनि फरार छन् । वीरगञ्ज महानगरपालिका–५ स्थित मुख्य सडकसँग जोडिएको स्वर्गीय कमल देवी भण्डारीको ५ कठ्ठा १५ धुर र ९ कन्वामा बनेको घरसहितको जग्गा भट्टको समूहले किर्ते गरेर नामसारी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मुद्दामा जिल्ला अदालत पर्साले मालपोत कार्यालय पर्साका प्रमुख सुमन झा, जग्गा कारोबारी विश्वास तिवारी र मुख्य योजनाकार केवल प्रताप जबरा समेत ५ जनालाई ०७७ पुस २ मा पुर्पक्षमा राख्ने आदेश गरेको थियो ।

भन्सार छलेर गाडी काठमाडौँ ल्याइ कारोबार गर्ने कार्यमा समेत संलग्न रहेको आरोपमा प्रहरीले मधु सिलवाल, अरुण खड्का र रेवती रमण निरौलालाई पनि पक्राउ गरेको छ ।  प्रहरीले भन्सार छली भएका २ गाडी पनि बरामद गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका