Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियबेलायती प्रधानमन्त्री स्टारमरको चीन भ्रमण, सी जिनपिङसँग भेटवार्ता

बेलायती प्रधानमन्त्री स्टारमरको चीन भ्रमण, सी जिनपिङसँग भेटवार्ता

काठमाडौँ। बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीबार चीन भ्रमण सुरु गर्दैछन्। उनी बुधबार चीन आइपुगेका छन्। आफ्नो भ्रमणको शुरुआतमा स्टारमरले सामाजिक सञ्जालमा लेखेका छन्, “चीनमा अवतरण गरें, म यहाँ बेलायती जनताको लागि काम गर्न आएको हुँ।”

बिहीबार उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन्। वार्ता व्यापार, लगानी, राष्ट्रिय सुरक्षा र हरित ऊर्जामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

स्टारमरसँगै करिब ६० सदस्यीय प्रतिनिधिमण्डल पनि चीन पुगेको छ। चार दिने यस भ्रमणको उद्देश्य वर्षौँको तनावपछि बेलायत र चीनबीचको सम्बन्धलाई पुनर्जीवित गर्नु हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका