Wednesday, April 22, 2026
Homeअपराध र घटनाबारामा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

बारामा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

२० असार, वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिका सोनी इँट्टाभट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेकी थिइन् । पानीमा डुबेर घाइते भएकी उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार दिउँसो बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका