Sunday, August 30, 2026
Homeसामाचारबाढीको जोखिम घटेपछि काठमाडौँ–मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

बाढीको जोखिम घटेपछि काठमाडौँ–मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

काठमाडौं । आइतबार बिहान केही समय अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव अचानक बढेको सूचना आएपछि सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने–आउने सबै प्रकारका सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकेको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढीको बहाव तत्काल जोखिमपूर्ण नरहेको र अवस्था सामान्य बन्दै गएको जानकारी दिएपछि रोकिएका सवारीसाधनलाई पुनः सञ्चालन गर्न दिइएको चितवन प्रहरीले जनाएको छ।

सडक सञ्चालनमा आएपछि बिहानदेखि रोकिएका सयौँ सवारीसाधन तथा यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

यसअघि भदौ १० गते चीन–नेपाल सीमाक्षेत्रमा गएको भीषण हिमपहिरो र बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्का कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुग्नुका साथै तटीय क्षेत्रको सञ्चार तथा सडक पूर्वाधार प्रभावित भएका थिए।

पुरानो जोखिम कायमै रहेकाले बाढीसम्बन्धी सामान्य सूचना प्राप्त हुँदा समेत प्रहरीले स्थानीय प्रशासनसँगको समन्वयमा सडकमा उच्च सतर्कता अपनाउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका