Sunday, July 5, 2026
Homeसामाचारबकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ :...

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस पवित्र पर्वमा मुस्लिम समुदायका नागरिकहरूले आपसी रिस, राग, र द्वेषलाई भुली एकआपसमा खुसी, सद्भाव र शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ। खुलास्थान, इदगाह वा मस्जिदमा गई नमाज पढ्ने, अङ्गालोमा बाँधिएर शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ पर्व मनाउने गरिन्छ।

विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेको यो पर्वले विश्वभर छरिएर रहेका नेपालीहरूबीचको धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व र सहअस्तित्वको भावना मजबुत बनाउने विश्वास लिएको छु।

इद उल अज्हाको अवसरले हामी सबैमा राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका