Friday, April 24, 2026
Homeअन्तराष्ट्रियबंगलादेशको अन्तरिम सरकारमा २ विद्यार्थी नेता पनि मन्त्री बने

बंगलादेशको अन्तरिम सरकारमा २ विद्यार्थी नेता पनि मन्त्री बने

काठमाडौं: मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । उनलाई नेपाली समयअनुसार राति ९:०५ बजे राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

युनुस बाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले सपथ खुवाएका थिए । सपथ लिनेहरूमा आन्दोलनरत विद्यार्थीहरूका २ नेताहरू नाहिद इस्लाम र आसिफ महमूद पनि थिए।

ढाका ट्रिब्यूनका अनुसार सपथ समारोहमा करिब ४०० जना सहभागी थिए। यसअघि विदेश मन्त्रालयले शेख हसिनाको भावी योजना के छ भन्ने थाहा नभएको बताएको थियो । आरक्षण आन्दोलनले हिंसात्मक रुप लिएपछि हसिना ढाका छोडेर अगस्ट ५ मा दिल्ली गएकी छिन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका