Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियफिल्मका लागि हुलिया नै चेन्ज

फिल्मका लागि हुलिया नै चेन्ज

मुम्बई  : बलिउड अभिनेता अजय देवगन अलग्गै रूपमा देखिएका छन्। यस्तो रूपमा उनलाई कसैले पनि पहिले देखेको थिएन। ९० को दशकदेखि उनी एक स्टाइलिस कलाकारका रूपमा नै देखिँदै आएका थिए।

अहिले सामाजिक सञ्जालमा अजय देवगनको जुँगादाह्री पालेको फोटो भाइरल भइरहेको छ। उनले यस्तो रूप हामीले जस्तो लकडाउनमा घरमै बस्नु परेर बनाएका भने पक्कै होइनन्।

बिरामी परेर पो उनको यस्तो रूप भएको भन्ने पनि उनका शुभचिन्तकको चिन्ता छ। तर, त्यस्तो होइन यो रूप उनको आउने फिल्म ‘थ्याङ्क गड’ का लागि बनाएका हुन्।  उक्त फिल्म उनका अति नै मिल्ने साथी इन्दर कुमारले निर्देशन गर्दैछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका