Saturday, September 19, 2026
Homeसामाचारप्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस, दुई आयुक्तका नाम पनि प्रस्ताव

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस, दुई आयुक्तका नाम पनि प्रस्ताव

काठमाडौं । संवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचन आयोगका दुई आयुक्त पदका लागि पनि नाम सिफारिस गरेको छ। परिषद्का अनुसार रिक्त रहेको निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा (काठमाडौं) र आगामी असार २३ गतेदेखि रिक्त हुने पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

नेपालको संविधानअनुसार प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्लाई छ।

परिषद्बाट सिफारिस भएका नामहरू अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका