Tuesday, August 18, 2026
Homeसामाचारप्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको समेत सहभागिता रहेको थियो।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक-अर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ।

यसैगरी, सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका