Wednesday, October 28, 2026
Homeराजनीतिप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

उक्त रकमको स्रोतका रूपमा उनले सामाजिक सञ्जालबाट भएको आम्दानीलाई उल्लेख गरेका छन् । साथै, उनले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख अनुयायी रहेको जानकारी दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरासहित करिब १९० तोला गरगहना रहेको खुलाएका छन् । उक्त गरगहनाको स्रोत पैतृक सम्पत्ति रहेको उनले बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका