Wednesday, August 19, 2026
Homeराजनीतिप्रतिनिधिसभा बैठक आज बस्दै, तीन महत्वपूर्ण प्रस्ताव कार्यसूचीमा

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन महत्वपूर्ण प्रस्ताव कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकका लागि विभिन्न महत्वपूर्ण प्रस्ताव तथा सम्झौता प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा यी प्रस्ताव तथा सम्झौतामाथि छलफल अघि बढ्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका