काठमाडौं। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा तीन संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०८१/८२ तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन्।


