Saturday, May 2, 2026
Homeकला/साहित्यप्रज्ञा प्रतिष्ठानमा वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

प्रज्ञा प्रतिष्ठानमा वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे ।

कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने “प्रतिष्ठानले अबदेखि वर्षभरि नै  पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।”

प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तक उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी फागुन १५ सम्म चल्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका