पोखरा । पोखराका विभिन्न ठाउँमा माग्दै हिँड्ने २५ जनालाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । नगर प्रहरी र नेपाल प्रहरीले संयुक्त टोलीले मानव सेवा आश्रममा पठाएको हो।
माग्दै हिड्नु गैरकानुनी भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय गाडीहरूमा समेत चढेर उनीहरुले भिक्षा माग्ने गरेका छन् । जसका कारण पर्यटकहरू हैरानीमा परेका थिए ।
सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरेको छ । त्यसैको पूर्व सन्ध्यामा सडकबाट सहयोगापेक्षी नागरिकहरूलाई उद्धार गरिएको हो । यसअघि पनि सडकबाट उद्धार गरिएकाहरूलाई मानव सेवा आश्रममा पठाउने गरेको थियो ।
तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीलाई सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरेका थिए । त्यसका लागि सरकारले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।


