Sunday, May 17, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना रहेकोले गर्मी बढ्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

तराईका केही स्थानमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका