Thursday, April 16, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असर देशका विभिन्न भूभागमा देखिएको छ।

अहिले हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

दिउँसोको समयमा कोशी प्रदेशको पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा बागमती र गण्डकीका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका