Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

काठमाडौं — देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु रहने पूर्वानुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका