काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। आज राति भने कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।


