Saturday, May 9, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु देखिने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। अन्य भूभागमा मौसम प्रायः सफा रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका