Wednesday, August 26, 2026
Homeसामाचारन्याय परिषद्वारा ६ जिल्ला न्यायाधीश नियुक्त

न्याय परिषद्वारा ६ जिल्ला न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्ले रिक्त जिल्ला न्यायाधीशका पदमा ६ जनालाई नियुक्ति गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले न्याय सेवाबाट चार जना, एक जना सरकारी वकिल र एक जना कानुन सेवाका अधिकृतलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा र उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतमा नियुक्त गर्दै पदस्थापना समेत गरेको हो।

संविधानअनुसार जिल्ला न्यायाधीशको रिक्त पदमध्ये २० प्रतिशत सिफारिसमार्फत, ४० प्रतिशत कर्मचारीबाट खुला प्रतियोगितामार्फत र बाँकी ४० प्रतिशत कर्मचारी वा वकिलतर्फ कम्तीमा ८ वर्षको अनुभव भएका व्यक्तिमध्ये खुला प्रतिस्पर्धाबाट नियुक्त हुने प्रावधान छ।

त्यस्तै, न्याय परिषद् ऐन–२०७३ को दफा ५ ले संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्तअनुसार वरिष्ठता, अनुभव, आचरण र ख्यातिलाई सिफारिसको आधार मान्नुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका