Wednesday, June 24, 2026
Homeसामाचारनेपाली सेनाले भोलिदेखि जङ्गी अड्डामा फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने

नेपाली सेनाले भोलिदेखि जङ्गी अड्डामा फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने

काठमाडौँ: नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत प्रदर्शनी आयोजना गर्ने भएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यो प्रदर्शनी माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ।

प्रदर्शनीमा नेपाली सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्काउने फोटो, हातहतियार, र उपकरणहरूको प्रदर्शन गरिनेछ। साथै, सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दल, र सैनिक विद्यालयका विविध प्रस्तुति पनि रहनेछन्।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिने यस प्रदर्शनीमा सबैका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।

प्रदर्शनीले विशेषगरी विद्यार्थीहरू र आम नागरिकलाई नेपाली सेनाका गतिविधि नजिकबाट बुझ्न र अध्ययन गर्न सहयोग पुर्याउने विश्वास सेनाको सूचना निर्देशनालयले व्यक्त गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका