काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १५१ रुपैयाँभन्दा माथि कायम रहेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा रहेको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा तोकिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा रहेको छ भने सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा तोकिएको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


