काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ।
यस्तै, युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।
यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ।
साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।


