Tuesday, October 27, 2026
Homeराजनीतिनीति तथा कार्यक्रमप्रति असन्तुष्टि, प्रधानमन्त्रीको व्यवहारमाथि आलोचना

नीति तथा कार्यक्रमप्रति असन्तुष्टि, प्रधानमन्त्रीको व्यवहारमाथि आलोचना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रममा नयाँ केही पनि नभएको टिप्पणी गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यसमा नयाँपन र ऊर्जा नदेखिएको बताए।

उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै उठेर हिँड्नु अस्वाभाविक र लज्जास्पद व्यवहार भएको टिप्पणी गरे।

दुलालले भने, “कतिपय कुरा परम्परागत हुनु पनि ठीक हो। तर हामीले केही नयाँ आशा गरेका थियौँ। तर कुनै नयाँ कुरा आएन। राज्य प्रमुखले वाचन गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नु राष्ट्रकै लागि राम्रो संकेत होइन।”

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता भएको भन्दै कार्यान्वयन पक्षमा पनि गम्भीर चुनौती देखिएको बताए।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले पनि प्रधानमन्त्रीको व्यवहारप्रति आलोचना गरेका छन्। उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नु “केटाकेटी जस्तो व्यवहार” भएको टिप्पणी गरे।

उनले प्रधानमन्त्रीले धैर्य राख्नुपर्ने र यस्तो व्यवहार उपयुक्त नभएको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका