काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ।
आयोगले आज बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि दिउँसो राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेको हो।
गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टर हलमा पत्रकार सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ।
आयोगका अनुसार प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अगाडि बढ्नेछ।


