Tuesday, April 21, 2026
Homeकोरोना बिशेषनारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर

नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर

वीरगन्ज : स्कटल्याण्डमा बस्दै आएका नेपालीहरुले वीरगन्जको नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

 स्कटल्याण्डमा बस्दै आएका नेपालीले गठन गरेको कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले खरिद गरेर पठाएको पाँच थान अक्सिजन कन्सन्ट्रेटर शुक्रबार नारायणी अस्पताललाई प्रदान गरिएको हो ।

जर्मनमा निर्माण भएको १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्यालले शुक्रबार नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिडेण्टेड(मेसु) डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका हुन्  ।

अर्यालका  अनुसार, कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले नेपालका लागि २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको थियो । ती मध्येको ५ थान  अक्सिजन कन्सन्ट्रेटर नारायणी अस्पताललाई प्रदान गरिएको अर्यालले बताए ।

नारायणी अस्पतालका निमित्त मेसु डाक्टर प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोग प्रति अस्पताल निकै आभारी भएको बताए  ।

उनले सहयोग स्वरुप प्राप्त अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने पनि बताए ।

 अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव  दीपेन्द्र  चौहान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य राजु अर्याल लगायतको पनि उपस्थिती थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका