सिमकोट (हुम्ला): सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ ।
वि सं. २०७५ मा निर्माण सम्पन्न भए पनि उपभोक्ता समितिले वक्यौता गर्न बाँकी रु ६५ हजार नतिर्दा भवन हस्तान्तरण हुन छैन ।
भवन निर्माणमा संलग्न निर्माण कम्पनीका मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि बाँकी रु ६५ हजार माग्दा नदिएपछि भवन विद्यालयको नाममा हस्तान्तरण नगरेको बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष अकिल शाही अहिले जिल्ला बाहिर भएको आफूसँग कामदारलाई दिने पैसा नभएको सचिव जयदेवी शाहीले बताउनुभयो । अहिले उक्त भवनमा स्वास्थ्य एकाइ राखिएको छ । कामदारले पैसा नदिँदासम्म कसैलाई पनि भवन प्रयोग गर्न नदिने भने पनि गाउँवासीले पैसा दिलाइदिने निर्णय गरेर विद्यालयको भवन केही समयका लागि स्वास्थ्यलाई दिने निर्णय गरेका थिए । जीर्ण हुँदै गएको भवन हस्तान्तरण नहुँदै भत्कियो भने त्यसको जिम्ेवारी उपभोक्ता समितिले लिनुपर्ने मुक्म शाहीले बताउनुभयो ।


