Thursday, April 30, 2026
Homeसामाचारधावनमार्ग मर्मत हुने भएपछि सुर्खेतमा हवाई उडान रोकिने

धावनमार्ग मर्मत हुने भएपछि सुर्खेतमा हवाई उडान रोकिने

धावनमार्ग मर्मत सम्भार गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने भएको छ ।

यहाँ काठमाडौंबाट भइरहेका उडान र सुर्खेतबाट पहाडी इलाकामा हुने उडान समेत केही साता बन्द हुने भएको हो । सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप एक उडान हुने बुद्ध एयरले जनाएको छ ।

अब नेपालगन्जमा बुद्धले दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ ।

सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका