Friday, May 1, 2026
Homeसामाचारदेशभर वर्षा र हिमपातको सम्भावना, मेघगर्जन–चट्याङ्गको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, मेघगर्जन–चट्याङ्गको चेतावनी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण मौसम बदली भएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकीका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका