Saturday, May 2, 2026
Homeसामाचारदेशभर मौसम बदली, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बदली भएको छ भने गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। अन्य स्थानमा आंशिक बदली देखिएको छ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका