Friday, August 7, 2026
Homeराजनीतिदेशभर मनसुनी प्रभाव कायम, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

देशभर मनसुनी प्रभाव कायम, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपात, पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा दैनिक जनजीवन र यात्रामा सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका