Thursday, October 29, 2026
Homeराजनीतिदेशभर आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

देशभर आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ।

आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रममार्फत नागरिकलाई मताधिकारको महत्त्व तथा मतदान प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ।

आयोगका अनुसार उक्त कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। देशभरका ७५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वडामा मतदाता शिक्षा अभियान सञ्चालन गरिनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ।

परिचालित स्वयंसेवकहरूले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमुना मतपत्र प्रयोग गरी निर्वाचनको महत्त्व, मतदान प्रक्रिया र सही तरिकाले मतदान गर्ने विषयमा जानकारी दिनेछन्।

आयोगले प्रभावकारी मतदाता शिक्षाबाट निर्वाचनमा मतदाताको सहभागिता बढ्ने तथा बदर मतको दर घट्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरण गर्न आयोगले आग्रह गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका