Friday, May 8, 2026
Homeसामाचारदेशका अधिकांश क्षेत्रमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका अधिकांश क्षेत्रमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यदेखि बाक्लो बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका