काठमाडौं । दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले उक्त पदमा नियुक्त गर्न सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्।


