Saturday, May 2, 2026
Homeकला/साहित्यदायित्व वाङ्‍मय प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान

दायित्व वाङ्‍मय प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान

दायित्व वाङ्‍मय प्रतिष्ठान नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन गरेको छ ।

दायित्व वाङ्‍मय विशिष्ट सम्मान–२०७९ बाट विजय सागर र विजय चालिसे, दायित्व वाङ्‍मय सम्मान–२०७९ बाट शङ्कर शाह र युवराज मैनाली, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार–२०७८ बाट अनुराधा ढकाल, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार–२०७९ बाट‚ हाम्रो बाल संरक्षण धरोहर नेपाल र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार–२०७९ बाट सम्पदा मल्ल पुरस्कृत र सम्मानित भए।

कार्यक्रममा रामप्रसाद पन्तद्वारा लिखित ‘मेची मेरो महाकाली मेरो’ (नियात्रोपन्यास) कृति तथा ‘दायित्व ’ को १३५ औँ अङ्कको विमोचन गरिएको छ ।  कार्यक्रममा सम्मानित स्रष्टाहरू सागर, चालिसे, शाह, मैनाली तथा पुरस्कृत प्रतिभा अनुराधा ढकालले मन्तव्यसहित रचना वाचन गरे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका