Thursday, July 16, 2026
Homeराजनीतितीन दलको प्रदेश सरकारको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, ‘प्रतिपक्षविहीन संसद् स्वीकार्य छैन’

तीन दलको प्रदेश सरकारको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, ‘प्रतिपक्षविहीन संसद् स्वीकार्य छैन’

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गर्दै त्यसबाट संसद् प्रतिपक्षविहीन हुने अवस्था सिर्जना हुने जनाएको छ।

कांग्रेस सभापति गगन थापाले तीन दलको संयुक्त सरकार लोकतान्त्रिक अभ्यासअनुकूल नहुने बताउँदै सत्ता जोगाउनका लागि जुनसुकै राजनीतिक सम्झौता गर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारे। उनले एमाले र माओवादी केन्द्रले सरकार गठन गरे कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको धारणा पनि व्यक्त गरे।

कांग्रेसका अनुसार प्रदेश सरकारहरूमा देखिएको सत्ता सहकार्यको संकटको मुख्य कारण एमालेको भूमिका हो।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रस्तुत गरेको बजेटमा एमालेले असहयोग गरेपछि दुई दलबीचको सम्बन्ध बिग्रिएको कांग्रेसको दाबी छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले एमालेले बजेट पुनर्लेखनको माग गर्दै सहकार्यमा अवरोध सिर्जना गरेको आरोप लगाए। उनका अनुसार कांग्रेसले भने अन्य प्रदेशमा एमाले नेतृत्वका सरकारलाई कुनै समस्या उत्पन्न गरेको थिएन।

प्रदेश सरकारको विवाद तथा सुदूरपश्चिमको राजनीतिक संकट समाधानका लागि कांग्रेसका शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफलका क्रममा माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराउने प्रस्ताव आए पनि कांग्रेसले संसद्मा प्रभावकारी प्रतिपक्ष आवश्यक रहेको उल्लेख गर्दै दुई दलबीचको सत्ता सहकार्यलाई नै उपयुक्त विकल्पका रूपमा अघि सारेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका