Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियतालिवानले अफगानिस्तानमा दर्जनौ शहर कब्जा गरेपछि बोल्यो राष्ट्रसंघ

तालिवानले अफगानिस्तानमा दर्जनौ शहर कब्जा गरेपछि बोल्यो राष्ट्रसंघ

संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकुलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भनेका छन् ।

उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्ति पूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उनले अफगानिस्तानको तालिबान समूहलाई शान्ति पूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गरेका छन् ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्को प्रान्त र कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किसकेको छ । विदेशी सैनिक फर्किएलगत्तै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्नेगरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्को गरेर अघि बढ्दैछन् । उनीहरुले पछिल्ला दिनसम्म दर्जनौ शहर कब्जा गरिसकेका छन् ।

जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्तानको सेनाले तालिवानका विरुद्ध कारबाही पनि जारी राखेको छ । जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरवास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकुको भिडन्तमा परेर मारिएका पनि छन् ।

महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्ति पूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गरेका हुन् । उनले वार्ताका लागि तालिबान लडाकुको समूहलाई पनि शान्तिपूर्ण वार्ताको टेबलमा बस्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका