Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियडोनाल्ड ट्रम्पको जितपछि श्रीमती मेलानियाले अमेरिकी जनतालाई के भनिन्?

डोनाल्ड ट्रम्पको जितपछि श्रीमती मेलानियाले अमेरिकी जनतालाई के भनिन्?

काठमाडौं: अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनकी पत्नी मेलानिया ट्रम्पले बिहीबार बिहान अमेरिकी जनतालाई एक पोस्टमार्फत सम्बोधन गरेकी छन्।

आफ्नो एक्स खातामा मेलानियाले लेखेकी छिन्, “बहुसंख्यक अमेरिकीहरूले हामीमाथि यो महत्त्वपूर्ण जिम्मेवारीको विश्वास गरेका छन्। हामी हाम्रो गणतन्त्रको स्वतन्त्रताको रक्षा गर्नेछौं।”

उनले थप लेखेकी छिन्, “हामी आशा गर्छौं कि हाम्रो देशका नागरिकहरू फेरि एकजुट हुनेछन् र व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र सुरक्षाका लागि आफ्नो व्यक्तिगत विचारधाराभन्दा माथि उठ्नेछन्।”

अमेरिकाकी भावी प्रथम महिलाले आफ्नो पोस्टमा अमेरिकाको ऊर्जा, सीप र पहलले देशलाई अगाडि बढाउन उत्कृष्ट प्रतिभालाई एकसाथ ल्याउने विश्वास व्यक्त गरेकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका