काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।
कानुनी व्यवस्थाअनुसार एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रहनेछन् भने गृह मन्त्रालयका सचिव सदस्य र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य–सचिव रहने व्यवस्था छ।
पोखरेल हाल सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्।
बढुवा समितिले सिफारिसउपर चित्त नबुझे सात दिनभित्र उजुरी दिन सकिने जनाएको छ।



