Monday, June 1, 2026
Homeअपराध र घटनाजबरजस्ती करणीको अभियोगमा पक्राउ

जबरजस्ती करणीको अभियोगमा पक्राउ

सिन्धुली : सिन्धुलीमा २३ वर्षीया महिलालाई जबरजस्ती करण गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । कमलामाई नगरपालिका २ भद्रकालीका २५ वर्षीय सागर थिङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी) मनोज कुमार लामाका अनुसार थिङलाई २०७७ मंसिर ९ गते महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पीडित महिलाका आफन्तले जाहेरी दिएपछि फरार रहेका थिङलाई प्रहरीले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान कार्य सुरु गरिएको लामाले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका