Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियचीनमा होटलको भवन भत्किँदा एकको मृत्यु, १० जना वेपत्ता

चीनमा होटलको भवन भत्किँदा एकको मृत्यु, १० जना वेपत्ता

बेइजिङ: पूर्वी चीनको पर्यटकीय सहर सुझौस्थित एक होटल भत्किँदा कम्तिमा एक जनाको मृत्यु हुनुका साथै १० जना हराइरहेका छन् ।

चिनियाँ टेलिभिजन सीसीटिभीका अनुसार उद्वारकर्मीहरुको टोलीले घटनास्थलबाट सातजनालाई जीवीतै उद्वार गरेको थियो । चीनको प्रसिद्ध पर्यटकीय सहर सुझौमा सोमबार सिजी काइयून नामको होटल यसरी भत्किएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भवन कसरी भत्कियो भन्नेबारे हालसम्म यकिन विवरण आइसकेको छैन ।

सिजी काइयून होटल २०१८ मा सुरु भएको थियो । जसमा ५४ वटा गेस्ट रुमका साथै ब्यांक्वेट हल र सभाहल समेत थियो ।

घटनास्थलबाट उद्धारकर्मीहरुले दर्जनौँ मानिसहरुलाई उद्धार गरिरहेको दृश्य समेत सार्वजनिक भएका छन् । भवन भत्किएको वा दुर्घटनावश त्यस्तो भएको भन्ने पनि यकिन भएको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका