Saturday, June 27, 2026
Homeसामाचारचियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे (इलाम): नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ। टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाम आएका हुन्।

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानहरूले अपनाएको चियाखेती प्रविधिका बारेमा अध्ययन र अवलोकन गरिरहेको टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो।

इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गर्नुभयो। नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाएको चियाले दुवै देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको उल्लेख गर्दै उहाँले नेपालमा चियाको विकास चीनबाट बीउ ल्याएर सुरु भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई नजिक ल्याएको छ।”

नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेतीको सुरुआत भएको उल्लेख गर्दै अहिले नेपालको चिया उद्योगले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योगको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले इलाम र कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवर्द्धनमा चीनको चासो रहेको बताए।

सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीहरूको लागि आयोजना गरिने तालिमको महत्त्वलाई भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका